बिर्तामोडकी जेनिफर बुढाथोकी ‘स्टुडेण्ट अफ द इयर’को फाइनलमा, नृत्य विधाबाट एकमात्र प्रतिस्पर्धी



9,000 SHARES

बिर्तामोड । झापाको बिर्तामोड निवासी जेनिफर बुढाथोकी ‘स्टुडेण्ट अफ द इयर’ रियालिटी शोको फाइनल चरणमा प्रवेश गर्न सफल भएकी छन्। नृत्य विधामार्फत फाइनलमा पुग्ने उनी प्रतियोगिताकी एकमात्र प्रतिस्पर्धी हुन्। विभिन्न विधाबाट गरी कुल छ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन्।

१३ वर्षकै उमेरमा प्रस्तुत गरेको उत्कृष्ट नृत्यकलाले जेनिफरले यतिबेला देश–विदेशका कला प्रेमीहरूको ध्यान तानेकी छन्। उनको प्रतिभा, निरन्तर मेहनत र प्रभावशाली मञ्चीय प्रस्तुतीका कारण भोटिङमार्फत समर्थन गर्नेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।

विज्ञापन

जेनिफरको समर्थनमा देशका चर्चित राजनीतिज्ञ, कलाकार, कलाकर्मी तथा समाजसेवीहरू खुलेर अगाडि आएका छन्। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, चर्चित गायिका एलिना चौहान, कलाकार पुण्य बुढाथोकी, अभिनेता राजेश हमाल तथा अभिनेत्री रेखा थापालगायतले जेनिफरको नृत्यकलाको खुलेर प्रशंसा गर्दै भोट गर्न अपिल गरेका छन्।

विज्ञापन

सामान्य परिवारमा हुर्किएकी जेनिफर हाल बिर्तामोडस्थित लिटल फ्लावर स्कुलमा अध्ययनरत छात्रा हुन्। उनको जितका लागि विद्यालय परिवारदेखि विभिन्न सामाजिक संघ–संस्थासमेत सक्रिय रूपमा अभियानमा जुटेका छन्।

जेनिफर आज केवल एउटा रियालिटी शोकी प्रतिभा मात्र नभई भविष्यमा देश तथा विदेशमा नेपाली नृत्यकलाको पहिचान बन्न सक्ने क्षमता बोकेकी कलाकार भएको उनका शुभचिन्तकहरूको विश्वास छ। उनको अभूतपूर्व प्रतिभा र समर्पणले झापा मात्र होइन, सिंगो नेपाललाई विश्वमाझ चिनाउने संकेत देखिन थालेको उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय