ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी मुद्दाबाट निर्दोष ठहर



9,000 SHARES

बिर्तामोड । जबरजस्ती करणीको अभियोग लागेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी अदालतबाट निर्दोष ठहर भएका छन्।

झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटीविरुद्ध दायर मुद्दामा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।

विज्ञापन

नेपाल सरकार वादी रहेको सो मुद्दा अन्तर्गत शिवाकोटीविरुद्ध २०८१ साल पुस १९ गते जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरिएको थियो। अदालतले थुनछेक प्रयोजनका लागि यसअघि शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध परेको अपिलमा उच्च अदालत इलाम इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो।

विज्ञापन

अन्ततः बुधबार झापा जिल्ला अदालतले मुद्दाको अन्तिम फैसला सुनाउँदै शिवाकोटीलाई निर्दोष ठहर गरेको हो।

शिवाकोटीमाथि घरेलु कामदारका रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। घटनासम्बन्धी इलाका प्रहरी कार्यालय अनारमनीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय झापाले मुलुकी अपराध संहिता अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुर तथा बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय