झापामा नेपाली कथानक चलचित्र ‘तिलस्मी’ को शुभमुहूर्त



9,000 SHARES

 

हल्दीबारी, झापा । नेपाली कथानक चलचित्र ‘तिलस्मी’ को झापामा शुभमुहूर्त गरिएको छ। पछिल्लो समय झापामा चलचित्रको छायांकन तीव्र बन्दै गएको अवस्थामा सुनौलो तारा मोसन पिक्चरको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुभमुहूर्त आज सम्पन्न भएको हो।

विज्ञापन

कार्यक्रम झापाको हल्दीबारी गाउँपालिका–१, गोल्धापस्थित धार्मिक स्थल सिंहबाहिनी मन्दिरमा पूजाआजासहित सम्पन्न भयो। निर्माण पक्षले शुभमुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको जानकारी दिएको छ।

विज्ञापन

चलचित्रको निर्माण तथा निर्देशन तारा अधिकारी ले गर्नुभएको छ। चलचित्रमा जान्मी बस्नेत, सुनिसा बजगाईं, महेश खड्का, रश्मि भट्ट, भविष्य कार्की र आर्जे सिंह मुख्य भूमिकामा देखिनेछन्।

शुभमुहूर्तमा आयोजित पत्रकार भेटघाटमा निर्देशक अधिकारीले ‘तिलस्मी’ नितान्त नेपाली पारिवारिक चलचित्र रहेको बताउनुभयो। चलचित्रले भावनात्मक सम्बन्ध, पारिवारिक मर्म र समसामयिक विषयवस्तुलाई सशक्त ढंगले उठान गर्ने निर्देशक अधिकारीको भनाइ थियो। निर्माता अधिकारीले यसअघि दर्जनौँ म्युजिक भिडियो निर्देशन तथा निर्माण गरिसकेको अनुभव भएको जानकारी पनि दिनुभयो।

कलाकार जान्मी बस्नेत, सुनिसा बजगाईं लगायतले चलचित्र उत्कृष्ट बन्ने र दर्शकले मन पराउनेमा आफूहरू ढुक्क रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।

चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले तयार पारेका हुन् भने छायांकन विनोद बल ले सम्हाल्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन झापा, इलामको कन्याम लगायत पूर्वका विभिन्न पर्यटकीय स्थल र काठमाडौंमा गरिनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय