सुनचाँदीको मूल्यमा हालसम्मकै उच्च बिन्दुमा



9,000 SHARES

झापा । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको हो।

विज्ञापन

यस्तै, चाँदीको मूल्य पनि बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो।

विज्ञापन

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय