सिमानाको कथामा बनेको चलचित्र ‘परिवर्तन’को प्रचारमा झापामा कलाकार



9,000 SHARES

बिर्तामोड । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ हेर्न चलचित्रका कलाकार तथा निर्माण पक्षले दर्शकलाई आग्रह गरेका छन् ।

चलचित्रका नायक सुशील श्रेष्ठ, नायिका अञ्जना बराइली लगायत कलाकारहरूले ‘परिवर्तन’ ले झापा र सीमावर्ती क्षेत्रको कथा उठान गरेकाले दर्शकका लागि विशेष हुने बताएका छन् ।

विज्ञापन

चलचित्रका निर्देशक विजय केरुङले ‘परिवर्तन’ ले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्दै एक्सनसँगै सामाजिक सन्देश बोकेको कथावस्तुले दर्शकलाई बाँध्ने बताए । सत्ताका लागि नेताहरू जे सुकै गर्न पनि तयार हुन्छन् भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको उनको भनाइ छ ।

विज्ञापन

चलचित्रका निर्माता दिपक शिवाकोटीले ‘परिवर्तन’ राम्रो बनेको दाबी गर्दै नेपाल तथा विदेशमा एकैसाथ माघ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएकाले चलचित्रले दर्शकको मन जित्ने उनको विश्वास छ ।

चलचित्रमा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा देखिएका छन् भने अभिनेत्री अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन् ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ र अञ्जना बराइलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ । साथै झापाली कलाकारहरूको पनि उल्लेखनीय सहभागिता छ ।

चलचित्रका झापाली कलाकार याम खरेल र गौतम तिवारीले सम्पूर्ण झापाली दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन् ।

दिपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन विजय केरुङले गरेका हुन् । चलचित्रको सम्पादन बन्दे प्रसाद, कोरियोग्राफी रामजी लामिछाने, संगीत एसडी योगी र द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय