बिर्तामोडमा स्थानीय तहस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



9,000 SHARES

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।

वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आयोजित प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा प्रसाईँले पानसमा दीप प्रज्वलन गर्दै रनिङ शिल्ड अनावरण गरी औपचारिक उद्घाटन गर्नुभएको हो।

विज्ञापन

नगरपालिकाको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीका अनुसार प्रतियोगितामा नगरभित्रका ३८ वटा विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी छन्। प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ।

विज्ञापन

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले आगामी दिनमा शतप्रतिशत विद्यालयको सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता जनाउँदै यस वर्षदेखि नगरपालिकाले रनिङ शिल्डको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, नगर कार्यपालिका सदस्य तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

लगातार तीन वर्ष प्रतियोगिता जित्ने विद्यालयलाई मात्र रनिङ शिल्ड स्थायी रूपमा प्रदान गरिने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय