निर्वाचन फागुन २१ मै हुनेः मन्त्री खरेल



9,000 SHARES

काठमाडौं । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तोकिएअनुसारकै मितिमा हुने स्पष्ट गरेका छन्।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था, वातावरण निर्माण तथा राजनीतिक दलहरूको सहमति सुनिश्चित भइसकेको बताए।

विज्ञापन

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचन सम्पन्न गर्नु, सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र रोजगारी प्रवर्द्धन रहेको उल्लेख गर्दै उनले एआई तथा डिजिटल रूपान्तरणलाई नेपालको भविष्यका प्रमुख एजेन्डा भएको बताए। उनले यस क्षेत्रमा दक्षिण कोरिया सरकारसँग सहकार्यको अपेक्षा पनि व्यक्त गरे।

विज्ञापन

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढेको जानकारी दिँदै आवश्यक परे अध्यादेशमार्फत मार्गनिर्देशन हुने मन्त्री खरेलले बताए।

दक्षिण कोरियासँग नेपालको जनसञ्जाल र कामदार संख्या उच्च रहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको सिधा उडान सञ्चालनका लागि सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी प्रतिनिधिहरुले ऊर्जा, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राखी लगानीमैत्री वातावरण निर्माण र सुशासन मजबुत बनाउन सरकारलाई सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय