कांग्रेस महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र



1,060 SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्र आज र भोलि दुई दिन सञ्चालन हुने कार्यतालिका रहेको छ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यस्तै महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गर्न त्यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्ने भएको छ। बैठकले बन्दसत्रमा पेस गरिने प्रतिवेदनका विषयमा आवश्यक छलफल तथा तयारी गर्नेछ।

विज्ञापन

महाधिवेशनअन्तर्गत आजै मतदाता नामावलीसमेत प्रकाशन गरिने भएको छ। निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म नामावलीउपर दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ।

दाबी–विरोधमाथि जाँचबुझका लागि साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरिएको छ। जाँचबुझपछि मतदाताको अन्तिम नामावली राति साढे ८ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। मतदान भने बुधबार बिहानदेखि हुने कांग्रेसले जनाएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय