सीएनआईवाईईएफ कोशीको तेस्रो साधारणसभा सम्पन्न, रजत सहेवाला अध्यक्षमा चयन



1,060 SHARES

बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) कोशीको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न भएको छ। साधारणसभाले रजत सहेवालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

साधारणसभाबाट नयाँ कार्यसमितिको लर्निङ चेयरमा केशव राठी, को–लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरसिप चेयरमा जितेश अग्रवाल र को–मेम्बरसिपमा धडकन कट्टेल चयन हुनुभएको छ।

विज्ञापन

त्यस्तै, मिडिया एन्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एन्ड आईटीमा आयुष भगत, ग्रोथ एन्ड एक्स्पान्सनमा कुणाल शाह, रिलेसन एन्ड एलायन्समा अश्विनी गोल्छा तथा इन्टरनेसनल रिलेसनमा तुषार तोदी चयन हुनुभएको छ।

विज्ञापन

उद्योग, व्यवसाय तथा युवा उद्यमशीलताको क्षेत्रमा सक्रिय युवाहरूको सहभागितामा सम्पन्न साधारणसभामा नयाँ कार्यसमिति चयनसँगै संस्थामा आबद्ध नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो।

साधारणसभाबाट सीएनआईवाईईएफ कोशीमा साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम नयाँ सदस्यका रूपमा थपिनुभएको छ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाल उद्योग परिसंघका राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजुसहित उद्योगी तथा युवा उद्यमीहरूको उपस्थिति रहेको थियो।

साधारणसभाका क्रममा युवा उद्यमीहरूको क्षमता विकास, स्टार्टअप प्रवर्द्धन, लगानी विस्तार, व्यावसायिक सहकार्य तथा कोशी प्रदेशमा उद्यमशील वातावरण निर्माणका विषयमा छलफल भएको थियो।

नयाँ कार्यसमिति र सदस्यहरूको सहभागितासँगै सीएनआईवाईईएफ कोशीले युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, सहकार्य र उद्यमशीलताको विकासमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय