प्रथम माउन्ट एभरेष्ट कराते च्याम्पियनसिपको मिति सर्‍यो



823 SHARES

मेचीनगर । नेपाल र भारतका ६ सयभन्दा बढी खेलाडी सहभागी हुने तयारी गरिएको प्रथम माउन्ट एभरेष्ट ओपन कराते च्याम्पियनसिप–२०२६ को मिति परिवर्तन गरिएको छ। यसअघि असोज १७ र १८ गते आयोजना गर्ने तय भएको प्रतियोगिता अब कार्तिक १४ र १५ गते सञ्चालन हुने भएको हो।

प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा आयोजक समितिका संयोजक तथा नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईंले विद्यार्थीको परीक्षा, देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा केही प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नुपरेको जानकारी दिनुभयो।

विज्ञापन

मेचीनगर स्पोर्ट्स कराते एकेडेमी, राइजिङ सन कराते एकेडेमी र एमएटी एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारतका खेलाडीसमेत सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २० देखि ६७ किलोग्रामसम्मका १२ तौल समूह तथा महिलातर्फ २० देखि ६५ किलोग्रामसम्मका १० तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको टोलीगत विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई १५ हजार तथा तेस्रो हुने टोलीलाई १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडी र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको तयारी, व्यवस्थापन तथा खेल सञ्चालनसम्बन्धी विषयमा मेचीनगर स्पोर्ट्स कराते एकेडेमीका सचिव मदन भण्डारी र उपाध्यक्ष सञ्जित मोहलीले पत्रकार भेटघाटमा जानकारी दिनुभएको थियो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय