|
1,057 SHARES |
झापा । नेपालीहरूको महान् पर्व बडादशैं यस वर्ष असोज २५ गते आइतबारदेखि विधिवत् रूपमा सुरु हुने भएको छ। दशैंको मुख्य दिन विजयादशमी भने कात्तिक ४ गते बुधबार परेको छ।
पञ्चाङ्गअनुसार असोज २५ गते घटस्थापना मनाइनेछ। त्यसैगरी असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते आइतबार महाअष्टमी र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।
कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ। यस दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
त्यसपछि कात्तिक ८ गते पूर्णिमा व्रत तथा कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैं विधिवत् रूपमा समापन हुनेछ।
यस्तै, नेपालीहरूको अर्को प्रमुख पर्व तिहारअन्तर्गत भाइटीका कात्तिक २५ गते बुधबार परेको छ।










