रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५१ पुग्यो



1,008 SHARES

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४५१ जना पुगेको छ।

नेपाल प्रहरीले सोमबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यसबाहेक काठमाडौँमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

बाढीमा ज्यान गुमाएकामध्ये पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले अझै ४ हजार ६५५ जना बेपत्ता रहेको जनाएको छ।

यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार ३४२ जना राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय