|
708 SHARES |
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। मंसिर १ गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर, ३ गते दोस्रो क्वालिफायर र ५ गते फाइनल खेल हुनेछ।
एनपीएलका सबै खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ।
खेल तालिका :











