काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनालाई निरन्तरता दिइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, राहत तथा पुनःस्थापनाका कामलाई गति दिने र आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहत अभियान र पुनःस्थापनाका विषयमा आवश्यक छलफल तथा निर्णय हुने बताइएको छ।










