मेची राजमार्गको राजदुवाली खण्ड साना सवारीका लागि खुला

इलाम । लामो समयदेखि निर्माण तथा पुनर्स्थापनाको काम भइरहेको मेची राजमार्गको राजदुवाली खण्ड आजदेखि साना सवारी साधनका लागि सञ्चालनमा आएको छ।

सम्बन्धित निकायका अनुसार २०८३ भदौ १५ गते बिहानदेखि राजदुवाली खण्डमा साना सवारी साधन सञ्चालन गर्न दिइएको हो।

विज्ञापन

यद्यपि, उक्त सडकखण्डमा निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। नाली निर्माण, टेवा पर्खाल निर्माण, पानी निकासका लागि संरचना निर्माणलगायतका काम बाँकी रहेकाले हाललाई ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

विज्ञापन

सम्बन्धित निकायले बाँकी निर्माण कार्य सम्पन्न भएपछि ठूला तथा मालबाहक सवारी साधनसमेत सञ्चालनमा ल्याइने जनाएको छ। त्यसबेलासम्म त्यस्ता सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक निर्माणको कामलाई सुरक्षित र सहज रूपमा सम्पन्न गर्न सबै पक्षबाट आवश्यक सहयोग गरिदिनसमेत सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय