रसुवा बाढीमा २ सय बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि



689 SHARES

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढी र पहिरोका कारण रसुवा र नुवाकोटसहित अति प्रभावित तीन जिल्लाका करिब १९ वटा विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्।

शिक्षा मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण विभिन्न विद्यालयमा अध्ययनरत २ सयभन्दा बढी विद्यार्थी बेपत्ता भएका छन्। त्यस्तै, करिब २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। केही विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

विज्ञापन

बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मले गरेको स्थलगत रिपोर्टअनुसार रसुवा र नुवाकोटका शैक्षिक संस्थामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

विज्ञापन

बाढी र पहिरोका कारण करिब ९ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षतिग्रस्त विद्यालयमा कुल २ हजार ४ सय २५ जना विद्यार्थी अध्ययनरत थिए।

अधिकांश विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन्। एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी शिक्षा मन्त्रालयलाई गराएको छ।

बाढीपछि बेपत्ता विद्यार्थी तथा शिक्षकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय