रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै बेपत्ता

झापा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको हो। सबैभन्दा धेरै चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ शव फेला परेका छन्।

विज्ञापन

बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्तामा सुरक्षाकर्मी, जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीसहित ५८९ विदेशी नागरिक रहेका छन्। विदेशी पर्यटकसँगै यात्रा गरेका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।

विज्ञापन

भदौ १० गते बिहान आएको बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय