‘निम्स दाइ’को अन्त्येष्टिमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

काठमाडौं । पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर बेलायत प्रस्थान गरेकी छन्।

कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’को अन्त्येष्टि समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रानामगर सोमबार लण्डन प्रस्थान गरेकी हुन्।

विज्ञापन

पूर्वगोर्खा सैनिकसमेत रहेका पूर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएको थियो। उनको अन्त्येष्टि समारोह आगामी २६ अगस्टमा दक्षिण–पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुने भएको छ।

विज्ञापन

बेलायतको नागरिकता लिएका पूर्जाको अन्त्येष्टि बेलायतमै गर्न लागिएको हो। उनको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबार नै बेलायत प्रस्थान गर्ने बताइएको छ।

सांसद रानामगरले यसअघि प्रतिनिधिसभामा निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय