सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ सार्वजनिक



689 SHARES

काठमाडौं । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको गीतमा प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र परिवेशलाई प्रस्तुत गरिएको छ।

नेत्र अर्यालको शब्द रचना रहेको गीतमा खेम सेन्चुरीले संगीत तथा हुकलाइन तयार पारेका छन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्।

विज्ञापन

सुनिल बीकेको निर्देशनमा तयार भएको गीतको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा छन्। नेपाली मौलिक पहिरनसँगै पर्यटकीय क्षेत्र सौराहाको प्राकृतिक परिवेशलाई समेटेर भिडियो छायांकन गरिएको छ।

विज्ञापन

भिडियोको छायांकन अनिल के। मानन्धरले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको ‘मोरे सैया’ सुशीला गौतमको युट्युब च्यानलसहित विभिन्न डिजिटल माध्यमबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय