देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ।

बुधबारदेखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको भेला आज बिहान ११ बजेदेखि पुनः सञ्चालन हुनेछ। प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला साउन ३१ गतेसम्म चल्नेछ।

विज्ञापन

भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन्। सहभागी प्रतिनिधिलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय दिइएको छ। भेलाले कम्तीमा १४ वटा उपसमिति चयन गर्ने जनाइएको छ।

विज्ञापन

सर्वोच्च अदालतले कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि देउवा समूह उत्साहित बनेको छ। पाँच महिनापछि स्वदेश फर्किएका देउवा पनि बिहीबारदेखि भेलामा सहभागी भएका छन्।

भेलामा कांग्रेसको पछिल्लो राजनीतिक अवस्था, पार्टीको नेतृत्व विवाद तथा आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय