बुद्धशान्तिमा असोज २४ देखि दोस्रो झापा मिडिया कप हुने



682 SHARES

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा पत्रकारहरूबीच सद्भाव र आपसी सम्बन्ध बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप–२०८३ आयोजना गर्ने भएको छ।

शुक्रबार बसेको क्लबको कार्यसमिति बैठकले प्रतियोगिता आगामी असोज २४ र २५ गते बुद्धशान्तिको बुधबारेस्थित खेल मैदानमा आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले जानकारी दिए।

विज्ञापन

उनका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरका प्रेस क्लबका टोलीले सहभागिता जनाउनेछन्।

विज्ञापन

प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजकको जिम्मेवारी दिइएको छ। अर्यालका अनुसार अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिनेछ।

पहिलो संस्करणमा विजेता टोलीलाई २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। पहिलो संस्करणको मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका–१ रहेको थियो।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव रोशन भट्टराईले जानकारी दिए।

बैठकले क्लबमा नयाँ सदस्यता खुलाउने निर्णयसमेत गरेको छ। बैठकमा कार्यसमिति सदस्य चन्द्रकान्त वाग्ले, समीक्षा कडरिया, किरण काफ्लेलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय