एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने



2,488 SHARES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करणको मिति घोषणा गरेको हो। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

विज्ञापन

यसअघिका दुई संस्करण तिहारपछि मङ्सिर महिनामा आयोजना हुँदै आएका थिए। तर, यसपटक क्यानले दशैँ र तिहारबीचको समयलाई प्रतियोगिताका लागि रोजेको हो।

विज्ञापन

प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिन नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

तेस्रो संस्करणका लागि खेलाडीको लिलामी प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। लिलामीबाट टोलीमा आबद्ध भएका खेलाडीको तयारीसँगै सहभागी फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि तीव्र बनाएका छन्।

एनपीएलको तेस्रो संस्करणमा नेपाली क्रिकेटका चर्चित खेलाडीसँगै विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय