तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ राष्ट्रिय शारीरिक सुगठन असोजमा हुने



2,913 SHARES

बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ आयोजना हुने भएको छ।

बडी ग्यारेजको आयोजनामा यही असोज २० र २१ गते बिर्तामोडमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएको भए पनि यसपटक प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको हो।

विज्ञापन

प्रतियोगिताअन्तर्गत पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ।

विज्ञापन

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसअघि दोस्रो संस्करणका विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेका थिए।

यस्तै, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। पाँचौँ हुनेलाई ७५ हजार र छैटौँ हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

महिलातर्फ खुला विधामा प्रथम हुने खेलाडीलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक तौल समूहमा दोस्रो हुने खेलाडीलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। बाँकी तीनजनालाई ट्रफी र पदक प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशभरबाट करिब दुई सय जना खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

यसअघि तेस्रो संस्करणको प्रतियोगिता २०८२ साल भदौ २७ र २८ गते गर्ने तयारी गरिएको थियो। तर जेन्जी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको थियो। सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा आन्दोलनका कारण प्रतियोगिता रोकिएको आयोजकले जनाएको छ।

दोस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ उपाधि दिलिपकुमार चौधरीले जितेका थिए। 

पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समिती अध्यक्ष पद्म श्रेष्ठ, सचिव हिमाल खरेल र आयोजक बडी ग्यारेजका संचालक तथा प्रतियोगिता संयोजक रमेश दाहालले प्रतियोगिताबारे जानकारी दिएका थिए। कार्यक्रमको संचालन रमेश तिवारीले गरेका थिए भने प्रमुख सल्लाहाकार सुवास भट्टराईले समेत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय