|
4,321 SHARES |
काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यालाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार उक्यालाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिएका छन्।
को हुन् लगानी बोर्डकी सिइओ बनेकी याङ्की उक्याव?
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।
सर्ट लिस्टमा परेका आठ जनामध्येबाट उक्यावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिइओमा नियुक्त गरेको हो। उक्याव विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्।
उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी छन्। यससँगै उनले अमेरिकाको युनिभर्सिटी अफ मिजौरीबाट अर्थशास्त्रमा पनि मास्टर्स गरेकी छन्।
उनीसँगै सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, भक्तबहादुर शाही, मनोज पौडेल, र मधुप्रसाद भेटुवाल प्रतिष्पर्धामा थिए।
यसअघि उनले लगानी बोर्डमै आर्थिक तथा वित्तीय विश्लेषक इकाईको नेतृत्व पनि सम्हालेकी थिइन्।










