सुनसरीको कप्तानगन्ज घटनामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन, मृतक संख्या ३ पुग्यो



4,875 SHARES

झापा। सुनसरीको कप्तानगन्जमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रविन्द्र मेहताको उपचारकै क्रममा निधन भएको हो।

विज्ञापन

कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर यसअघि नै सोही क्षेत्रका दुई युवाको मृत्यु भएको थियो। मेहताको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

विज्ञापन

यसैबीच, सुनसरी घटनापछि उत्पन्न तनावका क्रममा सिरहामा भएको प्रदर्शनका बेला प्रहरीको गोली लागेर अर्का एक युवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय