|
5,381 SHARES |
झापा । झापाको कन्काई नगरपालिकामा सोमबार बिहान पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
आज बिहान करिब ६ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–४ कोटीहोममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका स्थानीय अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोड ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










