|
6,939 SHARES |
काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।
द हिडन ट्रेजरद्वारा शनिबार आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित मिस नेपालको ताज पहिरिएकी हुन्। दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ को विजेता बनेर राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन्।
प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल २०२६ तथा काशिश सुब्बा मिस नेपाल कस्मो २०२६ घोषित भएका छन्।
मिस नेपाल प्रतियोगिता द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जहाँबाट विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउँछन्।










