पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को निधन भएको छ।

उनको आज काठमाडौंको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठ ले श्रेष्ठको निधन भएको जानकारी दिएका छन्।

विज्ञापन

स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने कार्यक्रम छ। त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जनाइएको छ।

विज्ञापन

श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको निधनप्रति राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय