अस्ताए शनिश्चरेका ‘सुब्बा डाक्टर’



706 SHARES

अर्जुनधारा । झापाको शनिश्चरेमा ‘सुब्बा डाक्टर’का नामले परिचित पुराना स्वास्थ्यसेवी लालबहादुर सुब्बाको निधन भएको छ।

उहाँको आज दिउँसो ३ः३० बजे अर्जुनधारा–९ स्थित निजी निवासमा निधन भएको हो।

विज्ञापन

शनिश्चरे बजारमा दशकौँसम्म स्वास्थ्य सेवा प्रदान गर्नुभएका सुब्बा स्थानीय समुदायका लागि भरोसायोग्य स्वास्थ्यकर्मीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले सर्वसाधारणलाई समर्पित भएर दिएको स्वास्थ्य सेवाको स्थानीयवासीले उच्च प्रशंसा गर्दै आएका छन्।

विज्ञापन

उहाँको निधनसँगै झापाले एक अनुभवी, सेवाभावी र जनप्रिय स्वास्थ्यसेवी गुमाएको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। उहाँको योगदान शनिश्चरे क्षेत्रको स्वास्थ्य सेवाको इतिहासमा सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

उहाँको निधनप्रति विभिन्न सामाजिक व्यक्तित्व, स्थानीयवासी तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय