झापामा बर्डफ्लुबाट करिब ३ करोड रुपैयाँको क्षति



684 SHARES

झापा । गत चैत र वैशाख महिनामा फैलिएको बर्डफ्लुका कारण झापामा करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित किसानहरूले सरकारले निर्धारण गरेको मापदण्डअनुसार ७५ प्रतिशत क्षतिपूर्ति पाउने भएका छन्।

बर्डफ्लु संक्रमण झापाका चारवटा व्यावसायिक कुखुरापालन फार्ममा पुष्टि भएको थियो। संक्रमित फार्महरूमा दमक–१० का देवेन्द्र प्रसाईको दमक एग्रिकल्चर फार्म, मनिष बलमपाकी मगरको दमक कृषि फार्म, कमल–५ का उज्वल भण्डारीको फार्म तथा गौरादह–६ का मनोज सिटौलाको रेमन कृषि फार्म रहेका छन्।

विज्ञापन

संक्रमण नियन्त्रणका लागि ती फार्महरूमा रहेका २० हजार ९० वटा कुखुरा, ९७ हजार ४५० वटा अण्डा तथा १० हजार ४६५ किलोग्राम दाना नष्ट गरिएको थियो।

विज्ञापन

पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको प्रमाणित विवरण क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पशु सेवा विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ।

उनले प्रचलित मापदण्डअनुसार राहत उपलब्ध गराउन आवश्यक विवरण विभागमा पठाइसकिएको र प्रभावित किसानहरूले केही दिनभित्रै क्षतिपूर्ति प्राप्त गर्ने जानकारी दिइन्। 

बर्डफ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ निकासा गरिसकेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय