|
678 SHARES |
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई भान्छेलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको बताएका छन्।
प्रहरीका अनुसार गृहमन्त्री गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि उक्त घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ।
गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनमा रहेका छन्। उनले विमानस्थल अगाडि रहेको एक होटलमा अम्लेट खाएको बताइएको छ।
यद्यपि, गृहमन्त्री गुरुङको सचिवालयले भने कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको भन्दै सार्वजनिक भएको समाचारको खण्डन गरेको छ।
यसअघि सार्वजनिक भएका दाबी र सचिवालयको खण्डनबीच फरक विवरण आएकाले घटनाबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको देखिन्छ।









