लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा सञ्चारकर्मी पुष्प खड्कासहित पाँच जना सम्मानित



720 SHARES

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले पद हस्तान्तरण कार्यक्रमको अवसरमा सञ्चारकर्मी पुष्प खड्कासहित पाँच जनालाई सम्मान गरेको छ।

आइतबार बिर्तामोडस्थित सिपी होटलमा आयोजित कार्यक्रममा संस्थाको विभिन्न गतिविधिलाई पत्रकारितामार्फत आमजनसमक्ष पुर्‍याउन योगदान गरेको भन्दै परिवेश मिडियाका सम्पादक पुष्प खड्कालाई सम्मान गरिएको हो।

विज्ञापन

यस्तै, वर्ष २०२५/२६ की अध्यक्ष यशोदा उप्रेती नेतृत्वको कार्यसमितिलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याएको भन्दै लायन रिजन चेयरपर्सन पार्वता गिरी, डिस्ट्रिक्ट मार्केटिङ चिफ निरज ओली तथा व्यवसायी कविता पोखरेल र गोमा दंगाललाई पनि सम्मान गरिएको थियो। उनीहरूलाई कार्यक्रमकी अध्यक्ष यशोदा उप्रेती र प्रमुख अतिथि आइपीडीजी विकास कार्कीले सम्मानपत्र प्रदान गरेका थिए।

विज्ञापन

कार्यक्रममा निर्वाचन समिति संयोजक तथा आइपीपी मञ्जु उप्रेतीले वर्ष २०२६/२७ का लागि सरु भुर्तेल खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गरेकी थिइन्।

नवनिर्वाचित अध्यक्ष सरु भुर्तेल खनालले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै संस्थाको मूल्य, मान्यता र सिद्धान्तअनुसार सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। सो अवसरमा निवर्तमान अध्यक्ष यशोदा उप्रेती र नवनिर्वाचित अध्यक्ष खनालबीच मायाको चिनो आदानप्रदान गरिएको थियो भने सचिवद्वारा माइन्युट हस्तान्तरण गरिएको थियो।

कार्यक्रमकी अध्यक्ष उप्रेतीले आफ्नो एकवर्षे कार्यकालमा ७० वटा सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै यस अवधिमा सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था तथा कार्यसमितिका पदाधिकारी र सदस्यप्रति आभार व्यक्त गरिन्। साथै, कार्यक्रममा सहभागी सबैलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा सेकेन्ड भिपी गोमा मैनाली खड्काले झण्डा अभिवादन वाचन गरेकी थिइन् भने अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत र डिस्ट्रिक्ट मार्केटिङ चिफ निरज ओलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव शिला भट्टराई बरालले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय