बिर्तामोडमा राष्ट्रियस्तरको दोस्रो नेपाल मास्टर्स स्नुकर प्रतियोगिता सुरु

झापा । झापाको बिर्तामोडमा राष्ट्रियस्तरको दोस्रो नेपाल मास्टर्स स्नुकर प्रतियोगिता आजदेखि सुरु भएको छ।

बिर्तामोड स्नुकरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले गरिन्। बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व खेलाडी तथा झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनले झापामा स्नुकर खेलको सुरुआत, वर्तमान अवस्था र सम्भावनाबारे धारणा राखेका थिए।

विज्ञापन

बिर्तामोड नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगितामा नेपालका शीर्ष १६ राष्ट्रिय खेलाडीसहित कोशी प्रदेशका १६ खेलाडी गरी कुल ३२ खेलाडीको सहभागिता रहेको छ। सहभागीमध्ये आठ जना खेलाडी बिर्तामोडकै रहेका छन्।

विज्ञापन

आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित रनिङ ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यसैगरी, हाइएस्ट ब्रेकरलाई ३५ हजार रुपैयाँ र सेन्चुरी ब्रेकरलाई २५ हजार रुपैयाँ प्रदान गरिने बिर्तामोड स्नुकरका अर्का सञ्चालक नवल अग्रवालले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ओझेलमा परेको स्नुकर खेलको संरक्षण गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय