कांग्रेस अनुशासन समितिको बैठक आज, ७०० उजुरीमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने तय भएको छ। समितिका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ। समिति सचिव दिनेश थापामगरका अनुसार समितिमा पार्टीहित र निर्देशनविपरीतका करिब ७०० वटा उजुरी दर्ता भएका छन्।

विज्ञापन

ती उजुरीमाथि अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी रहेको बताइएको छ। साथै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विपक्षी उम्मेदवारलाई सहयोग गरेर पार्टीविरुद्ध गतिविधि गरेको आरोपसम्बन्धी उजुरीहरू पनि बैठकमा छलफलको विषय बन्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय