|
9,000 SHARES |
झापा । अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयमा अध्ययनरत ३०० जना विद्यार्थीलाई मनराम ग्रुपले शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा मनराम फाउन्डेसनका सञ्चालक राजन श्रेष्ठ, प्रमुख अतिथि गोम्देन, अर्जुनधरा-११ का वडाअध्यक्ष खगेन्द्र इङ्नामलगायतले विद्यार्थीहरूलाई कपी र डटपेन वितरण गर्नुभएको हो।
फाउन्डेसनका सञ्चालक राजन श्रेष्ठले नेपाली कृषि उपज उत्पादनलाई प्राथमिकता दिएर संचालन भइरहेको संस्थाले व्यवसायीक मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री बितरण गरेको बताउनुभयो । उहाँले संस्थाले ७७ वटै जिल्लामा १ सय ६४ वटा पुस्तकालय समेत स्थापना गरेको जानकारी दिनुभयाे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानबहादुर लिम्बुले विद्यार्थीहरूको पठनपाठनमा सहजता पुर्याउन मनराम ग्रुपले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूको अध्ययनप्रति थप उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शैक्षिक उपलब्धिका दृष्टिले पनि महारानीगञ्ज माध्यमिक विद्यालय अग्रणी विद्यालयमध्ये पर्छ। हालै सम्पन्न एसइई परीक्षामा विद्यालयले अर्जुनधारा नगरपालिकाभित्र दोस्रो उत्कृष्ट नतिजा हासिल गरेको थियो भने कक्षा ८ को परीक्षामा नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण थप प्रभावकारी बन्दै गएको विद्यालयले जनाएको छ।










