नेपालले सेमिफाइनलमा साविक विजेता बंगलादेशविरुद्ध खेल्दै



9,000 SHARES

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियम मा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। दुई पटकको लगातार च्याम्पियन बंगलादेशविरुद्ध नेपाल मैदान उत्रन लागेको हो।

विज्ञापन

यो खेल नेपाली महिला फुटबलका लागि निकै महत्वपूर्ण मानिएको छ। प्रतियोगिताको इतिहासमा नेपाल अधिकांश संस्करणमा फाइनल पुग्दै उपविजेतामा सीमित हुँदै आएको छ। नेपाल हालसम्म छ पटक उपविजेता बनिसकेको छ भने सन् २०१६ मा मात्र सेमिफाइनलबाट बाहिरिएको थियो।

विज्ञापन

यसपटक सेमिफाइनल पार गर्न सके नेपालले उपाधि नजिक पुग्ने अवसर प्राप्त गर्नेछ। साथै नेपाली महिला फुटबल इतिहासमा पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावनालाई पनि जीवित राख्नेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने ले बंगलादेशविरुद्धको खेल नेपाली महिला फुटबलकै लागि अत्यन्त महत्वपूर्ण भएको बताएका छन्।

फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रने नेपालले बलियो बंगलादेशलाई चुनौती दिन तयार रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय