प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन रहेको कांग्रेस सचेतक निश्कल राईको आरोप



9,000 SHARES

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई ले प्रधानमन्त्री बालेन्द्र साह ले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति तथ्यहीन रहेको बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक राईले प्रधानमन्त्रीले पर्याप्त तथ्य र प्रमाणबिना यस्तो विषय उठाउनु उपयुक्त नभएको टिप्पणी गरे। उनले सार्वभौम संसदमा प्रस्तुत गरिने अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्ने बताए।

विज्ञापन

राईले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण गरेको दाबी गर्ने हो भने त्यसको स्पष्ट आधार, स्थान र प्रमाण प्रस्तुत गर्नुपर्ने धारणा राखे। तथ्य पुष्टि नगरी संसदमा यस्तो विषय उठाइनु आपत्तिजनक भएको उनको भनाइ थियो।

विज्ञापन

त्यसैगरी, उनले राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी प्रधानमन्त्रीको टिप्पणीप्रति पनि असन्तुष्टि जनाए। आयोगजस्तो संवैधानिक निकायबारे बोल्दा थप जिम्मेवारी र सुझबुझ आवश्यक पर्ने उनको तर्क थियो।

सचेतक राईले संसदमा उठाइएका विभिन्न प्रश्नहरूको प्रधानमन्त्रीले सन्तोषजनक जवाफ दिन नसकेको आरोपसमेत लगाए। उनका अनुसार संसदमा उठेका जिज्ञासाको स्पष्ट र विश्वसनीय उत्तर दिन सरकार अझ जिम्मेवार बन्न आवश्यक छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय