आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बभन्दा बढीको बजेट घोषणा



9,000 SHARES

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।

विज्ञापन

बजेटअनुसार चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

विज्ञापन

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । बजेटको स्रोत व्यवस्थापनका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने जनाइएको छ ।

त्यस्तै आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय