आज दोस्रो सेमिफाइनल : वडा नं ८ र वडा नं ११ भिड्ने



9,000 SHARES

झापा । अर्जुनधारा–१ मा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । खेलमा वडा नम्बर ८ र वडा नम्बर ११ आमनेसामने हुनेछन् ।

यसअघि बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ ले शानदार पुनरागमन गर्दै वडा नम्बर ५ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

विज्ञापन

निर्धारित ७० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

विज्ञापन

प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुनेछ । आजको दोस्रो सेमिफाइनलको विजेता टोलीले उपाधिका लागि वडा नम्बर १ सँग प्रतिस्पर्धा गर्नेछ ।

नगर खेलकुद विकास समितिका अनुसार विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय