|
9,000 SHARES |
झापा । बुद्धशान्ति गाउँपालिका–१ मझुवास्थित ५५ वर्षीय मैत बहादुर लिम्बुको रुखबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार जेठ ७ गते अपराह्न करिब १ः३० बजे कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा उनी रुखबाट लडेका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीमा भित्री चोट लागेको थियो।
गम्भीर घाइते लिम्बुको B&C अस्पताल मा उपचार भइरहेको थियो। उपचारकै क्रममा जेठ १० गते साँझ ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल सोही अस्पतालमा रहेको छ।










