मेचीनगरमा सबैभन्दा बढी १४ करोड बेरुजु, बाह्रदशीमा सबैभन्दा कम



9,000 SHARES

झापा । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झापाका स्थानीय तहमध्ये रकमका आधारमा सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा गरिएको परीक्षणमा मेचीनगरमा ३.१९ प्रतिशत अर्थात १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिशतका आधारमा भने बिर्तामोड नगरपालिका अगाडि देखिएको छ । बिर्तामोडमा ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँ परीक्षण गर्दा ३.२२ प्रतिशत अर्थात १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

विज्ञापन

त्यसैगरी सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिका मा देखिएको छ । बाह्रदशीमा ०.४५ प्रतिशत अर्थात ६३ लाख ३३ हजार रुपैयाँ मात्रै बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

विज्ञापन

प्रतिवेदनअनुसार अर्जुनधारा नगरपालिका मा ३ करोड ७२ लाख ८४ हजार, कमल गाउँपालिका मा ३ करोड ११ लाख ९८ हजार, दमक नगरपालिकामा ४ करोड १ लाख ७९ हजार तथा बुद्धशान्ति गाउँपालिका मा २ करोड ५६ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यस्तै भद्रपुर नगरपालिका मा २ करोड ४४ लाख ८० हजार, शिवसताक्षी नगरपालिका मा २ करोड १८ लाख ५७ हजार तथा हल्दीवारी गाउँपालिका मा १ करोड ९६ लाख ४९ हजार रुपैयाँ बेरुजु कायम भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय