|
9,000 SHARES |
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु मैदानमा आफ्नो अन्तिम खेल खेल्दैछ। कीर्तिपुरस्थित मा हुने खेल बिहान साढे ९ बजे सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान भिजेकाले खेल केही ढिला सुरु हुन सक्ने सम्भावना छ। अहिले पनि काठमाडौंमा पानी परिरहेको छ।
नेपालले शीर्षस्थानमा रहेको सँग प्रतिस्पर्धा गर्दैछ। सन् २०२४–२६ को लिग–२ यात्रामा घरेलु मैदानमा नेपालले खेल्ने यो अन्तिम खेल हो।
यसअघिका ११ घरेलु खेलमध्ये नेपालले ६ खेल जितेको छ। तीमध्ये एक जित गत शनिबार अमेरिकाविरुद्ध आएको थियो। उत्कृष्ट सुरुआत गरेको अमेरिकालाई दुई सय रनमुनि रोक्दै नेपालले को शतकको मद्दतमा ९ विकेटको प्रभावशाली जित निकालेको थियो। जिम्बावेमा भएको सन् २०२३ विश्वकप छनोटयता अमेरिकामाथि नेपालले पाएको त्यो पहिलो विजय थियो।
आठ टोली सहभागी लिग–२ मा प्रत्येक राष्ट्रले कुल ३६ खेल खेल्नुपर्ने प्रावधान छ। जसमा १२ घरेलु मैदान, १२ तटस्थ मैदान र १२ विपक्षीको मैदानमा खेल खेलिनेछ।
सन् २०२०–२३ को अघिल्लो लिग–२ चक्रमा नेपालले घरेलु मैदानमा १२ मध्ये १० खेल जितेको थियो। त्यसको तुलनामा यसपटक घरेलु प्रदर्शन केही कमजोर देखिए पनि नेपालले बलिया प्रतिद्वन्द्वीको सामना गर्नुपरेकाले नतिजामा असर परेको मानिएको छ।
नेपालले यस साइकलको सुरुआती सिरिजमा विरुद्ध एक खेल जित्दा सँग दुई र नेदरल्यान्ड्ससँग एक खेलमा हार बेहोरेको थियो। त्यसपछि घरेलु मैदानमा भएको यूएई र ओमानविरुद्धको सिरिजमा नेपालले यूएईसँग दुवै खेल जित्यो भने ओमानसँग एक जित र एक हारको नतिजा निकाल्यो। हालै सम्पन्न सिरिजमा नेपालले विरुद्ध पनि एक खेल जितेको थियो।
आजको खेलमा अमेरिका विरुद्ध पुनः जित हात पार्न सके नेपालले घरेलु मैदानमा पुबुदु दासानायकेको टोलीविरुद्ध ‘क्लिन स्वीप’ गर्नेछ। सन् २०२० मा अमेरिका अन्तिम पटक काठमाडौं आउँदा पनि नेपालले दुवै खेल जितेको थियो।
अमेरिकाले बुधबार स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाली भूमिमा लिग–२ अन्तर्गत पहिलो जित दर्ता गरेको थियो। नेपाल र स्कटल्यान्डसँग लगातार हार बेहोरेपछि शीर्षस्थान गुमाएको अमेरिका पुनः स्कटल्यान्डलाई हराएर शीर्षस्थानमा फर्किएको हो।
हाल अमेरिकाको २७ खेलबाट ३८ अंक छ भने स्कटल्यान्डको ३२ खेलबाट समान ३८ अंक रहेको छ। नेट रनरेटका आधारमा अमेरिका शीर्षस्थानमा रहेको हो। ओमान ३१ अंकसहित तेस्रो, नेदरल्यान्ड्स २८ अंकसहित चौथो स्थानमा छन्। नेपाल र नामिबियाको समान २२ अंक भए पनि नेपाल पाँचौं स्थानमा रहेको छ। क्यानडाको २१ तथा यूएईको १४ अंक छ।
सोमबार स्कटल्यान्डमाथि जित निकालेपछि नेपाल सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिएको थियो। शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
नेपालले अब जुलाईमा नेदरल्यान्ड्स पुगेर डच टोली र नामिबियासँग खेल्नेछ भने अक्टोबरमा मा ओमान र क्यानडाविरुद्ध खेल्दै लिग–२ को यात्रा टुंग्याउनेछ।










