निर्माण व्यवसायी संघ झापाद्वारा बिर्तामोडका डीएसपी विजय श्रेष्ठको विदाई



9,000 SHARES

झापा । निर्माण व्यवसायी संघ झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठलाई आज एक कार्यक्रमबीच विदाई गरेको छ ।

संघको कार्यालयमा आयोजित कार्यक्रममा बिर्तामोडका डीएसपी श्रेष्ठलाई मायाको चिनोसहित विदाई गरिएको हो ।

विज्ञापन

कार्यक्रममा संघका जिल्ला अध्यक्ष रमेश अधिकारीले ‘जेनजी आन्दोलन’पछि शिर्जित विषम परिस्थितिमा पनि बिर्तामोडको शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डीएसपी श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विज्ञापन

त्यस्तै संघका निवर्तमान अध्यक्ष मिलन बस्नेत ले व्यवसायीहरूलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सहकार्य र सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै डीएसपी श्रेष्ठले बिर्तामोडका व्यवसायी तथा नागरिकहरूको सहयोगकै कारण ‘जेनजी विद्रोह’ पछि छोटो समयमै प्रहरी सेवा पुनःस्थापना गरी जनताको सेवामा फर्किन सफल भएको बताउनुभयो । उहाँले सबैप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो ।

संघका महासचिव पुष्पराज निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह–कोषाध्यक्ष सुरेन्द्र धिमाल, पूर्व सदस्य इन्जिनियर प्रकाश सिंह तथा रमेश सेढाई लगायतको उपस्थिति रहेको थियो ।

सिन्धुली सरुवा हुनुभएका डीएसपी श्रेष्ठले आफू भोलिबाट झापा छाडेर जाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय