काँकरभिट्टाका मगर घरेलु पेस्तोलसहित भारतमा पक्राउ



9,000 SHARES

बिर्तामोड । नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई थान घरेलु पेस्तोलसहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । सीमामा खटिएको सशस्त्र सीमा बल (एसएसबी) ४१औँ वाहिनी अन्तर्गत कादोमनीजोत ई कम्पनीका जवानहरूले उनलाई नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर–७ कालीखोला, काँकरभिट्टा निवासी ३१ वर्षीय नवीन थापामगर रहेका छन् । उनलाई सोमबार भारतको भालुगाडा क्षेत्रमा गोप्य सूचनाका आधारमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विज्ञापन

एसएसबीका जवानहरूले शङ्कास्पद अवस्थामा रहेका मगरमाथि जाँच गर्दा उनको साथबाट दुई थान घरेलु पेस्तोल, एक थान म्यागजिन तथा ४ सय भारतीय रुपैयाँ बरामद भएको जनाएको छ ।

विज्ञापन

प्रारम्भिक अनुसन्धानका क्रममा मगरले पैसाको प्रलोभनमा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाको गलगलियाबाट पानीटंकीसम्म अवैध हतियार ओसारपसार गर्ने गरेको खुलेको बताइएको छ ।

एसएसबीले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि बरामद हतियारसहित पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि खोरीबाडी थाना प्रहरीलाई बुझाएको छ । भारतीय प्रहरीले उनीविरुद्ध ‘आर्म्स एक्ट’ अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय