मौसम : केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



9,000 SHARES

झापा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केही जिल्लामा भारी वर्षासमेत भएको थियो । आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ ।

विज्ञापन

त्यस्तै, मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

विज्ञापन

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय