बिर्तामोडको लिची बगानमा एक वृद्ध मृत फेला



9,000 SHARES

बिर्तामोड बिर्तामोडमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार बिर्तामोड–७ मिलडाँडा क्षेत्रमा रहेको लिची बगानमा अन्दाजी ६० वर्षका अपरिचित वृद्धको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय झापा का अनुसार आज दिउँसो करिब २ः१० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ती वृद्ध उत्तानो परेको अवस्थामा मृत भेटिएका हुन्।

विज्ञापन

हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। पहिचानका लागि आवश्यक जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

विज्ञापन

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय