सवारी दुर्घटनामा घाइते कमलका दुलालको उपचारकै क्रममा मृत्यु



9,000 SHARES

झापा । झापाको कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

वैशाख ३१ गते दिउँसो करिब ३ः३० बजे क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदलयात्री कमल गाउँपालिका–२ निवासी ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुलाललाई प्रारम्भिक उपचारका लागि कमल नगर अस्पताल क्याम्पा लगिएको थियो।

विज्ञापन

अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा २०८३ जेठ ४ गते बेलुका करिब ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका–४ निवासी २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय