जेनजी मुभमेन्ट नेपालद्वारा मोरङ २ का रास्वपा सांसद कार्कीलाई पक्राउ गर्न माग



9,000 SHARES

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले मोरङ २ का सांसद कृष्णकुमार कार्की लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवन क्षेत्रमा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा रास्वपाका सांसद कार्की संसद् भवन परिसरमा भएको घटनामा प्रत्यक्ष संलग्न देखिएको दाबी गरिएको छ। साथै उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संलग्नताको संकेत दिएको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन

विज्ञप्तिमा भनिएको छ, “राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।”

विज्ञापन

जेनजी मुभमेन्ट नेपालले सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएको उल्लेख गर्दै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको जनाएको छ।

सुधन गुरुङ प्रकरणबारे प्रश्न

विज्ञप्तिमा सुधन गुरुङ प्रकरणसमेत उल्लेख गर्दै भनिएको छ, “सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छरु छानबिन गर्न प्रहरी, सरकारी वकिल कार्यालय, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै किन छुट्टै समिति चाहियोरु”

मुभमेन्टका मुख्य माग

जेनजी मुभमेन्ट नेपालले सरकारसमक्ष निम्न मागहरू अघि सारेको छः

गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।
राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरियोस्।

नाइजेरियन युवतीसँग सम्बन्धित आरोपबारे निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।

मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन तथा दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तर प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय