आईसीसी विश्वकप लिग–२ : अमेरिकामाथि नेपालको शानदार जित



9,000 SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । ओपनर कुशल भुर्तेलको अविजित शतकीय इनिङ्समा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।

१९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कुशलले ११७ बलमा १२० रनको अविजित इनिङ्स खेल्ने क्रममा १३ चौका र ४ छक्का प्रहार गरे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरे । आसिफले ५९ रन बनाए ।

विज्ञापन

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८४ रन बनाए ।

विज्ञापन

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

नेपालले अब सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय