आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना



9,000 SHARES

झापा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बिहीबार बिहान मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हो । तराई भू-भागमा आंशिक बादल लागेको छ।

विज्ञापन

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको हो । त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।

विज्ञापन

साथै तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय